ओलीको अड्भाङ्गे अस्तित्व
nepalnews.com · Mon Oct 26 13:15:29 GMT 2026

८ असोज २०८३ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गर्यो। अध्यक्ष केपी शर्मा ओलीले उनको नाम प्रस्ताव गरेका थिए। दुई सातापछि, २२ असोजमा भण्डारीले ओलीबाटै शपथ लिइन् र पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भइन्। एक वर्षअघि भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा फर्कन रोक लगाउने निर्णयमा निर्णायक भूमिका खेलेका ओली नै उनलाई पार्टीको दोस्रो वरीयतामा ल्याउने प्रस्तावक बने।
एमालेभित्र ओलीको शक्ति बुझ्न यी दुई निर्णयबीचको समयभन्दा त्यसको राजनीतिक अर्थ महत्त्वपूर्ण छ। पार्टीको नेतृत्व लिन सक्ने सम्भावित प्रतिस्पर्धीका रूपमा देखिँदा भण्डारीको सक्रिय राजनीतिमा प्रवेश रोकिएको थियो। निर्वाचनमा ठूलो पराजय र पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब बढेपछि उनै भण्डारी ओलीको प्रस्तावमा वरिष्ठ नेता बनिन्। भण्डारीको राजनीतिक हैसियत र स्वतन्त्र आकांक्षा कायमै छ। तर उनलाई रोक्ने र फर्काउने दुवै निर्णयमा ओलीको भूमिका केन्द्रीय देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)