मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जलविद्युत् आयोजनाको बाँध खोल्दा जलाउँदै गरेको शव बगायो

Ujyaaloonline.com · Sun Jan 28 01:13:59 GMT 2024

काठमाण्डौ – रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको छ । हिजो बेलुका ६ बजेतिर उमाकुण्ड गाउँपालिका, गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले एक्कासी बाँध खोलेर नदीमा पानी पठाउँदा जलिरहेको शव बगाएको हो ।

‘लास भर्खरै जल्न लागेको थियो, एक्कासी नदीमा बाढी आयो, केही मानिसहरुलाई पानीले भेटिसकेको थियो, जसोतसो मलामी त भागे तर लास बगायो’ मृतकका आफन्त समेत रहेका सोलुुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुव बस्नेतले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)