पर्यटकको भाइटीका
annapurnapost.com · Fri Nov 17 01:27:17 GMT 2023
पोखरा : पोखरा भ्रमणमा रहेका पर्यटकले सप्तरंगी टीका लगाएर (भाइटीका) तिहार मनाएका छन्। होटल संघ पोखरा नेपालको आयोजनामा बुधबार पोखराको लेकसाइडमा भएको १६औं भाइटीका महोत्सवमा पर्यटकले टीका लगाएर, देउसी भौलो खेल्दै नेपाली परम्परागत खानेकुरा खाएर रमाए।
भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्ष पर्यटक तिहार मनाउनकै लागि पनि दोहो¥याएर पोखरा आउन थालेका छन्। संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा भएको भाइटीका महोत्सवमा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलियालगायत देशका पर्यटकको सहभागिता रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)