मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाद्यान्न निर्यातमा कडाइ गर्दै भारत, नेपालमा महँगी बढ्ने

annapurnapost.com · Sat Sep 10 00:35:00 GMT 2022

वीरगन्ज : भारतले धान तथा चामल निर्यातमा कर लगाएर कनिका निर्यात बन्द गरेको छ। शुक्रबारदेखि लागू हुनेगरी बासमती र उसिनाबाहेकको चामल र धान निर्यातमा २० प्रतिशत कर लगाएको छ। यसले नेपालमा महँगी बढ्ने व्यवसायीले बताएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले उक्त निर्णय फिर्ता गराउन पहल गर्न नेपाल सरकारसँग माग गरेका छन्।

यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा कर शून्य थियो। पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण यो वर्ष धान उत्पादनमा ७० प्रतिशतले कमी बताइएको छ। त्यसबाट पर्ने असरको सामना गर्न धान र चामलको निर्यातमा कर लगाउने निर्णय गरेको हो। विश्वमा धान उत्पादनमा भारत, चीनपछिको दोस्रो ठूलो मुलुक हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)