स्पेन र बेल्जियमबीचको पहिलो हाफ १-१ गोलको बराबरीमा
lokaantar.com
फिफा विश्वकप २०२६ को क्वाटरफाइनल अन्तर्गत स्पेन र बेल्जियमबिचको पहिलो हाफ रोमाञ्चक १-१ गोलको बराबरीमा सकिएको छ। लस एन्जलस स्टेडियममा भएको खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरेपछि पहिलो ४५ मिनेट निकै प्रतिस्पर्धात्मक रह्यो।
खेलको ३०औँ मिनेटमा फाबियन रुइजले उत्कृष्ट गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। स्पेनले खेलको सुरुदेखि नै बलमाथि नियन्त्रण जमाउँदै बेल्जियमलाई दबाबमा राखेको थियो। तर, खेलको ४१औँ मिनेटमा बेल्जियमले अप्रत्याशित रूपमा खेल बराबरीमा ल्यायो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)