मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

abhiyandaily.com

साउन ३०, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी रु.४ करोडको प्रतिशेयर रु. १०० अंकित मूल्यका रु.१ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)