मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा बसको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

annapurnapost.com · Mon Oct 26 13:53:55 GMT 2026

तानसेन : पाल्पा तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा तानसेन बुटवल सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । दुर्घटनामा स्कुटरको पछाडि सवार गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । कुवँरको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको हो । स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर घाइते भएका थिईन।

सोमबार साँझ करिब ५ः१५ बजे गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट प्रहरी टोली घटनास्थलमा पुगेर घाइते दुवैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो । उपचारका क्रममा माया कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)