रेखाको फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक
ratopati.com · Tue Aug 25 00:57:36 GMT 2026

काठमाडौँ । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर छ । प्रशान्त शिवाकोटीको संगीत रहेको गीतको शब्द सुष्मा सिग्देलले लखेकी हुन् ।
तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक फ्लेबरको गीतमा पछिल्लो समय तीज संस्कृति धान्ने चाडभन्दा पनि देखाउने माध्यम बन्दै गएको यथार्थलाई चित्रण गरेको छ । पहिरन र गहनामा अरूको देखासिकी गर्ने खराब प्रवृत्ति हाबी हुँदै गएको वास्तविकतालाई गीतले टपक्क टिपेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)