'छक्का पञ्जा'का राजा सुदूरपश्चिमको समर्थनमा !
baahrakhari.com · Mon Oct 26 14:12:00 GMT 2026

काठमाडौं । देशमा एनपीएलको माहोल छ । जुन सुकै पेसा होस् वा व्यवसाय, सबैको ओठमा क्रिकेट कै बात छ । यही मेसोमा अभिनेता दीपकराज गिरीले पनि भन्दिए, “मलाई कुनै सिनेमामा दीपेन्द्र सिंह ऐरीले जस्तै क्रिजमा ब्याट घुमाइरहेको देख्नुभयो भने अचम्म नमाने हुन्छ ।”
दीपक नेपाली सिनेमाका अग्रणी सिनेकर्मी हुन् । सिनेमा निर्माण र अभिनय उनको पेसा हो । तर, क्रिकेटको पनि उत्तिकै फ्यान हुन् । सोमबार बाह्रखरी आइपुगेका उनलाई त्रिबी क्रिकेट मैदान पुग्न नै हतार थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)