दिपल निभो क्यु ०५ सार्वजनिक
gorkhapatraonline.com · Tue Aug 25 01:27:31 GMT 2026

एमएडब्लु वृद्धिले अलन्यु दिपल निभो क्यु ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सुविधा प्रविधि र डिजाइनका हिसाबले उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । क्यु ९५ सार्वजनिक कार्यव्रmममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको यो सवारीमा दुई हजार ७३५ मिमि लामो ह्विलबेस र ८६.६ प्रतिशत क्याबिन स्पेस उपयोगले हुने कम्पनीले जनाएको छ । ९० लिटरको लुकेको स्टोरेजसहित ५४० लिटर क्षमताको डुअल लेभल बुट पनि उपलब्ध रहेको छ ।
चाङ्गानको गोल्डेन सिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत गरिएको क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ । यसको ३ सी फास्ट चार्जिङ प्रणालीले ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने जनाइएको छ । यसमा जडान गरिएको १२० किलोवाटको इलेक्ट्रिक मोटरले गाडीलाई ८.१ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको गतिमा पु¥याउन सक्ने उल्लेख छ । फुल चार्जमा ४०५ किलोमिटरसम्म रेन्ज दिने यो सवारीसाधनको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट–घण्टा रहने उल्लेख गरिएको छ । १४.६ इन्चको १०८० पी टचस्व्रिmन, अटोमोटिभ–ग्रेड एमटीके ८६७५ सात न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समावेश छन् । भेरियन्ट अनुसार १८ वटासम्म चालक सहायता प्रणाली र ५४० डिग्री प्यानोरामिक भ्युइङ सिस्टम पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)