मलेसियामा नेपाली श्रमिक भर्नाको अन्योल हटाउन नेपालको पहल, काठमाडौंमा वार्ता प्रस्ताव
aarthiknews.com

काठमाडौं । नेपालले नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासम्बन्धी विषयमा छलफल गर्न मलेसियासँग संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई पत्राचार गर्दै आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा बैठक आयोजना गर्न प्रस्ताव गरेको हो । मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने नेपालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)