भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने काम तीव्र बनाउँछौँ : मन्त्री रावल
barnanmedia.com · Mon Oct 26 15:22:05 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दशैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिने बताएकी छन् ।
सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् । दुवै क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत जटिलता हटाउँदै काम अघि बढाइएको उनले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)