विपद् सङ्कटग्रस्त म्याग्दीका स्थानीय तहलाई अनुदान
reportersnepal.com · Mon Oct 26 15:27:41 GMT 2026

म्याग्दी । नेपाल सरकारले विपद् सङ्कटग्रस्त म्याग्दीका ६ वटा स्थानीय तहलाई पहिलो चरणमा रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीका ६ वटा स्थानीय तहलाई रु ४०/४० लाखका दरले अनुदान पठाएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद् ब्यवस्थापनको अत्यावश्यक काम गर्नका लागि सङ्घीय सरकारले प्राधिकरणमार्फत स्थानीय तहलाई अनुदान पठाएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)