मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्राधिकरणले कोभिडमा गुमायो १६ अर्ब

ekantipur.com · Fri Sep 01 00:54:50 GMT 2023

काठमाडौँ — चालु आर्थिक वर्षको बजेट निर्माण गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिडका कारण १६ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गुमाउनुपरेको जनाएको छ ।

हरेक वर्ष १० प्रतिशतले आम्दानी वृद्धि गरिरहेको प्राधिकरण आर्थिक वर्षले ०७६/७७ देखि ०७९/८० सम्म १६ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ आम्दानी गुमाउनुपरेको हो । सबैभन्दा धेरै ०७७/७८ मा ७ अर्ब ७३ करोड, ०७८/७९ मा ४ अर्ब ३९ करोड, ०७६/७७ मा ३ अर्ब ४३ करोड र ०७९/८० मा ९२ करोड गरी प्राधिकरणले १६ अर्ब ४९ करोड आम्दानी गुमाउनुपरेको हो । ०७६ चैतमा सरकारले लकडाउन गरेपछि सुरु भएको नोक्सानी अझै पुरानो लयमा फर्किन नसकेको र यात्रु अनि उडान संख्या पनि अझै नबढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले काठमाडौंसहित पोखरा, भैरहवामा तीन वटा अन्तर्राष्ट्रियसहित ३३ वटा विमानस्थल सञ्चालन गरिरहेको छ । १९ वटा विमानस्थल बन्द छन्, ४ वटा निर्माणाधीन छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)