पाल्पामा सवारी दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते
gorkhapatraonline.com · Mon Oct 26 15:32:19 GMT 2026

जिल्लाको दुई स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन्। मृत्यु हुनेमा गुल्मी जिल्ला धुर्कोट ४ जैसीथोककि ३७ वर्षाीया माया कुँवर रहनुभएको छ ।
सोमबार बेलुकी ५ बजेतिर गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिँदा स्कुटर पछाडि सवार कुँवर गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक जिल्ला गुल्मी ईस्मा(४ की ३६ वर्षीया केशरी कुँवर घाइते हुनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)