एन्फा सम्बन्धी निर्णय फिर्ता लिन फिफा-एएफसीको आग्रह, अन्यथा नेपालमाथि अन्तर्राष्ट्रिय निलम्बनको चेतावनी
neplays.com · Wed Jun 10 07:13:41 GMT 2026

काठमाडौँ । विश्व फुटबलको नियामक संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक व्यवस्थापनमा बाह्य हस्तक्षेप अन्त्य नभए नेपालमाथि अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निलम्बनको प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।
एन्फाले हालै सार्वजनिक गरेको फिफा र एएफसीको संयुक्त पत्रअनुसार उक्त पत्र २०२६ जुन ५ मा प्राप्त भएको थियो। पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ २ गते एन्फामाथि लगाइएको निलम्बन हटाएको भए पनि चैत १२ मा गरिएका अन्य निर्णयहरू यथावत् रहेको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा