झापामा करिब ३ लाख मूल्य भन्दा बढीका पटाका बरामद गरी नष्ट
annapurnapost.com · Mon Oct 26 15:21:16 GMT 2026

झापा : सशस्त्र प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब ३ लाख मूल्य भन्दा बढीको बारुदजन्य पटाका बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापा तथा मातहतका कार्यालयहरूले सीमा क्षेत्रका विभिन्न नाका र चेकपोइन्टमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा बरामद गरिएको ३ लाख १६ हजार ५९० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका आज नष्ट गरेको हो। नेपालमा प्रतिबन्धित पटाकाहरू नेपालतर्फ ल्याउँदै गरेको तथा विभिन्न स्थानमा लुकाई छिपाइ राखिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका पटाकाहरू स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्र भलाद्मीको रोहवरमा नष्ट गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)