फिफा विश्वकप अब केवल फुटबल प्रतियोगिताको रूपमा मात्रै सीमित रहने छैन
shilapatra.com · Wed Jun 10 07:09:00 GMT 2026

१८ डिसेम्बर २०२२ मा कतारको लुसेल स्टेडियममा अर्जेन्टिनाले विश्वकपको ट्रफी उचाल्दा फुटबलका करोडौँ समर्थकहरू भावुक बनेका थिए । लियोनल मेस्सीको मुस्कान, फ्रान्ससँगको रोमाञ्चक फाइनल र विश्वकपको त्यो अविस्मरणीय रात अझै धेरै समर्थकहरूको स्मृतिमा ताजै छ । तर, फुटबल कहिल्यै रोकिँदैन । एउटा विश्वकप सकिनेबित्तिकै अर्को विश्वकपको यात्रा सुरु भइसकेको हुन्छ ।
अब संसारको नजर सन् २०२६ तर्फ मोडिएको छ । ११ जुनदेखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ केवल अर्को विश्वकप मात्र होइन, विश्व फुटबलको इतिहासमा एउटा नयाँ अध्याय हो । यो प्रतियोगिताले विगतका विश्वकपहरूको स्वरूप नै बदल्ने गरी धेरै परिवर्तनहरू ल्याउँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा