मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावमा फर्जी मत भेटिएको भन्दै रास्वपा दैलेखको कार्यलयमा लाग्यो ताला

shilapatra.com · Wed Jun 10 07:14:35 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्य समिति दैलेखको कार्यालयमा तालाबन्दी भएको छ । आइतबार सम्पन्न रास्वपाको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्वत नेतृत्व चयन नभएपछि मतदान भएको थियो । उक्त निर्वाचनमा खसेको कुल मतमा ६ मत बढी भेटिएको भन्दै सभापतिको दौडमा रहेका प्रकाश बुढाले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

बुढाले पार्टी कार्यालयमा ताला लगाएसँगै रास्वपाको नवनिर्वाचित जिल्ला कार्यसमिति विवादमा तानिएको छ । आइतबार सम्पन्न निर्वाचनमा निर्वाचन समितिले दुई सय ४० मत खसेको घोषणा गरेको थियो । तर, सभापतिका आकांक्षी बुढासहितका चार जनाले प्राप्त गरेको कुल मतभार जोड्दा दुई सय ४६ पुगेपछि विवाद सिर्जना भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)