जुन दिन जनता राष्ट्रप्रमुख बने...
annapurnapost.com · Mon May 29 00:36:36 GMT 2023
सयमक्रमसँगै क्रान्तिका प्रकृति परिवर्तन हुन सक्छन्। तर, जनआन्दोलनहरूले सदा राष्ट्रलाई अग्रगमन र जीवितता प्रदान गर्छन्। गणतन्त्र दिवस नेपालको त्यस्तै एक गौरवाशाली दिन हो, जसले हरेकलाई जनताको शक्ति अनुभूत गराउँछ। यो यस्तो क्षण हो, जसले प्रत्येक नागरिकलाई राष्ट्रप्रमुख बन्न सक्ने अवसर दिन्छ। र, नेपाली नागरिक हुनुको सर्वाधिक गौरवको स्वामित्व दिलाउँछ।
मिडिया जगत्का लागि पनि यो उत्तिकै महान् दिन हो, जसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई थप बलियो बनाउँछ। किनभने, लोकतान्त्रिक आन्दोलनका जगमा प्राप्त नागरिक स्वायत्तताको उच्चतम उपलब्धि नै गणतन्त्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)