मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनले बाँडे सिट, एमाले एक्लै प्रतिस्पर्धामा

annapurnapost.com · Mon Jan 08 00:38:49 GMT 2024

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज हुँदै छ। माघ ११ गते हुने यो निर्वाचनका लागि सत्तारुढ गठबन्धन र एमालेसहितका दलहरूले उम्मेदवार चयन गरेका छन्।

सत्तारुढ दल गठबन्धनले भागबन्डा गरेको छ भने एमाले एक्लै उम्मेदवारी दिने तयारीमा छ। भागबन्डाका अनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एक सिट पाएका छन्। राष्ट्रियसभाका २० सदस्यको फागुन २० मा कार्यकाल सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनीतको कार्यकाल पनि सकिन लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)