मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्वासीको आक्रमणमा घाइते भएका ३४ जनालाई भेटन् अस्पताल पुगे बालेन शाह

corporatenepal.com · Mon Nov 28 23:50:13 GMT 2022

काठमाडौं । थापाथालीस्थित बागमती नदी अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको आक्रमणमा परी घाइते भएकाहरु भेटन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल अस्पताल पुगेका छन् ।

नर्भिक अस्पतालमा उपचार गरिरहेका उनीहरुलाई भेटन् सोमबार साँझ अस्पताल पुगेका हुन् । एकीकृत वागमती सभ्यता विकास समितिको सुचनाका आधारमा अतिक्रमित घरटहरा हटाउन महानगरको टोली डोजरसहित थालाथली पुगेपछि सुकुम्वासीहरुले आक्रमण गरेका थिए । त्यस क्रममा महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहित ३४ जना घाइते भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)