१९औं एसियाली खेलकुद : पदक तालिकामा चीनको वर्चश्व
annapurnapost.com · Mon Oct 09 00:38:49 GMT 2023
हाङचाओ : आयोजक चीनले १९औं एसियाली खेलकुदको पदक तालिकामा वर्चश्व कायम गरेको छ। प्रतियोगिताको कुल चार सय ८३ स्वर्णमध्ये चीनले कीर्तिमानी २०१ स्वर्ण पदक जितेको छ। चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जित्ने कीर्तिमान बनाएको हो। यसअघि सन् २०१० मा आफैले आयोजना गरेको ग्वाङझाव एसियाली खेलकुदमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो।
आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हाङचाओमा जारी १९औं एसियाली खेलकुदको सबै खेलको स्पर्धा सम्पन्न भएको थियो। चीनले २०१ स्वर्णसँगै १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो। चीनले अन्तिम दिन आइतबार आर्टिस्टिक स्विमिङमा स्वर्ण जितेको थियो। यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)