जनकपुर बोल्ट्स फर्किए न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम
kendrabindu.com · Tue Aug 25 03:13:08 GMT 2026
काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन्। जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि ३५ वर्षे निसमलाई अनुबन्ध गरिएको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिइएको हो।
निसमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। सो क्रममा उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औसतमा २४७ रन बनाएका थिए। सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपिएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)