जिम्मी निसम पुनः जनकपुर बोल्ट्समा
barnanmedia.com · Tue Aug 25 03:19:10 GMT 2026
न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन् । दुई वर्ष अघि पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । जनकपुरले मंगलबार आफ्नो समाजिक प्लेटफर्मबाट ३५ वर्षे निसमलाई आउदो सिजनका लागि अनुबन्ध गरेको जनाएको छ ।
निसमले सन् २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोक्रममा उनले ९ खेलमा १ सय ९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औषतमा २ सय ४७ रन बनाएका थिए । सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपीएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)