टाइम्स अपराजित च्याम्पियन
ekantipur.com · Fri Oct 13 16:26:24 GMT 2023
काठमाडौँ — टाइम्स इन्टरनेसनल कलेजले अपराजित रही नेसनल बास्केटबल लिगको उपाधि जितेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा टाइम्सले सबै ७ खेल जितेर उपाधि जितेको हो । लिगमा आफ्नो अन्तिम खेल खेलिरहेको टाइम्सले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ११५–९० को स्कोरमा पराजित गर्यो ।
टाइम्सले सबै खेल जितेर १४ अंक बटुल्यो । आर्मीले ७ खेलमा ५ खेलमा जित हात पार्दै १२ अंक बटुल्यो । टाइम्समाथि जित हात पारेको भए आर्मी नै लिग विजेता हुने थियो । आर्मीको लिगमा यो दोस्रो हार हो । सबै ७ खेल खेलेको कीर्तिपुर बास्केटबल क्लब ११ र ६ खेल खेलेको रोयल स्पोर्ट्स सेन्ट्रल १० अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)