मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावका वेला पनि सुनेनन् नेताहरूले मिटरब्याजीपीडितको पीडा

nayapatrikadaily.com · Wed Nov 02 00:22:00 GMT 2022

‘मिटरब्याजीहरूलाई कारबाही गर’

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयअगाडि मंगलबार नाराबाजीसहित प्रदर्शन गर्दै पीडितहरू । खुँखार मिटरब्याजी रामदेव साह तेलीलाई अविलम्ब पक्राउ गर्न माग गरे । पाँच महिनाको अवधिमा उनीहरूले गरेको यो आन्दोलन चौधौँ हो । प्रहरीले साहुकार रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई भने पक्राउ गरेको छ । उनीहरूलाई २२ असारमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मुख्य आरोपी रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह भने फरार छन् । फरार रहेकाहरूको खोजी जारी रहेको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)