राप्रपा बागमतीका तीन सांसद पदमुक्त सम्बन्धी पत्र फेक जस्तो लाग्छ : कमल थापा
ratopati.com · Tue Aug 25 03:38:50 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई कारबाही गरिएको पार्टीको पत्र फेक हुनसक्ने प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु। यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा 'फेक' हो कि भन्ने पनि लाग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)