न्यायाधीश–वकिल घुस डिल प्रकरण : चार महिनासम्म जाँचबुझ समिति अनिर्णीत
nayapatrikadaily.com · Mon Oct 31 00:34:00 GMT 2022
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलमाथिको छानबिन अलपत्र परेको छ । न्यायपरिषद्ले न्यायाधीशमाथिको जाँचबुझ प्रतिवेदन टुंग्याई निर्णय गर्न ढिलाइ गरेको छ ।
न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले विविध कारणले बैठक बस्न नसक्दा प्रतिवेदनमाथिको छलफलबाट निर्णय आउन ढिलाइ भएको बताए । दसैँ बिदा, कानुनमन्त्री परिवर्तन, परिषद् अध्यक्ष (प्रधानन्यायाधीश) र सदस्य (वरिष्ठतम न्यायाधीश) परिवर्तन भएका कारण पनि बैठक प्रभावित भएको उनको भनाइ छ । ‘अहिले चुनावको कारण पनि डेडलक भएको अवस्था हो । बैठक नबसी प्रतिवेदन खुल्दैन, कुनै निर्णय हुँदैन,’ उनले भने । कार्कीका अनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की परिषद् अध्यक्ष भएयता परिचयात्मक बैठक पनि बसेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)