मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पञ्जाबलाई हराउँदै लखनउ आइपिएलको दोस्रो स्थानमा उक्लियो

farakdhar.com · Sat Apr 29 00:04:59 GMT 2023

भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले पाँचौं जित निकालेको छ । पाँचौं जित हात पार्नेक्रममा लखनउले गएराति सम्पन्न ‘हाइ स्कोरिङ’ खेलमा घरेलु टोली पञ्जाब किंग्सलाई ५६ रनले हरायो ।

पाचौं जितको खोजीमा रहेको पञ्जाबले भने लक्ष्य भेट्टाउन सकेन । लखनउले दिएको २ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १९.५ ओभरमा २ सय १ रनमा समेटियो । उसका लागि अथर्व ताडेले ३६ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)