बागमतीका सांसद हटाउने निर्णयलाई कमल थापाले भने : फेक
himalpress.com · Tue Aug 25 04:07:07 GMT 2026

काठमाडौँ- बागमती प्रदेशका तीन सांसदलाई कारबाही गरिएकोप्रति राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेता कमल थापा रुष्ट देखिएका छन्। उनले सुरुवातबाटै कारबाही नगर्न अनुरोध गर्दा समेत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेपछि कारबाही पत्र सार्वजनिक गर्दै आफूलाई भ्रम लागेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु। यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’हो कि भन्ने पनि लाग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)