पेट्रोल र डिजेलमा ३ रुपैयाँ घट्यो, ग्यासको मूल्य यथावत
nepallive.com · Sat Dec 17 01:11:00 GMT 2022
काठमाडौं– पेट्रोलियम पदार्थको कूल्य घटेको छ। नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो।
प्रतिलिटरमा तीन रुपैयाँ घटाइएको नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। अब पेट्रोलेको मूल्य उपत्यकामा प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)