‘गोर्खा वारिअर’को धरान प्रिमियर, मुख्यमन्त्री कार्की भन्छन्- यो हाम्रो पहिचान हो
onlinekhabar.com · Sat Feb 17 16:20:10 GMT 2024
काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई शनिबार लाहुरेको सहर धरानमा प्रिमियर गरिएको छ । फ्रेन्ड्स सिनेमाज हलमा आयोजित प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र धरान उपमहानगरका मेयर हर्क साम्पाङ अतिथि थिए ।
प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको जानकारी निर्देशक चाम्सले अनलाइनखबरलाई दिए । ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त भयो । उक्त हलमा भोलिदेखि नै एड्भान्स बुकिङ खुल्दैछ’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)