सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
ratopati.com · Fri Jul 10 23:39:07 GMT 2026

लमजुङ । ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्छन् । सारङ्गीको धुन र गीतमार्फत उनले आफ्नो जीवनयापन मात्र गरिरहेका छैनन्, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहेका छन् ।
लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आएका यमबहादुरले विगत ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आएका छन् । बुबा–बाजेको पालादेखि चल्दै आएको पुर्ख्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)