गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
rajdhanidaily.com · Tue Aug 25 04:36:12 GMT 2026

म्याग्दी । म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२/०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा र पाँच सय १८ घरमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)