चुरे भेगमा गाडी नचल्दा सास्ती
gorkhapatraonline.com · Tue Aug 25 04:42:14 GMT 2026

सर्लाही, भदौ ९ गते । भौगोलिक हिसाबले विकट रहेका सर्लाहीको चुरेवर्ती क्षेत्रमा यातायात सञ्चालन नहुँदा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउनुपर्ने स्थानीय र बिरामी मारमा परेका छन् । जिल्लाको चुरे भेगमा बर्खा लागेपछि दुई महिनादेखि यात्रुवाहक बस सञ्चालन हुन सकेका छैनन् । खोलामा बाढी नआएका बेला बोलेरो र ट्याक्टरले लालबन्दी बजारसम्म जोखिमपूर्ण किसिमले यात्रु ओसार्ने गरेका छन् ।
सडक नपुगेको र खोलैखोला आउजाउ गर्नुपर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोला, लालबन्दी नगरपालिका–१५, शीर कालिन्जोर, भित्रीखोला, ईश्वरपुर नगरपालिका–१२, पिपलदमार, लामीदमार, शीर फूलजोर, बाँकेलगायत क्षेत्रका स्थानीय यातायात सञ्चालन नहुँदा मारमा परेका हुन् । उत्तरी चुरेभेगका वडा कार्यालय चुरेफेदीमा छन् । विकट बस्तीबाट वडा कार्यालयसम्म आउँदा दिन बित्ने अवस्था छ । चुरेभेगका स्थानीयको मुख्य बजार लालबन्दी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)