जनकपुर फर्किए जिमी
annapurnapost.com · Tue Aug 25 04:40:14 GMT 2026
काठमाडौं : न्युजिल्यान्डका अलराउन्डर जिमी निसम जनकपुर बोल्ट्समा फर्किएका छन् । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय निसमलाई अनुबन्ध गरेको जनाएको हो ।
निसमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औषतमा २४७ रन बनाएका थिए । सबैभन्दा ठूलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपिएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो । पहिलो सिजनको एनपिएलमा निसमले जनकपुरबाट खेल्दै ७ विकेट पनि लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)