मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप अघि स्पेनको सहज जित

baahrakhari.com · Fri Nov 18 02:42:00 GMT 2022

काठमाडौं । अंसु फाती, गाभी र निको विलियम्सको गोलमा स्पेनले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बिहीबार राति जोर्डनलाई ३–१ ले हराएको छ ।

जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा स्पेनले १३औँ मिनेटमा अंसु फातीको गोलबाट अग्रता लिएको थियो । फातीले मार्को असेन्सियोको पासमा गोल गरेका थिए । ५७औँ मिनेटमा गाभीले स्पेनको अग्रता दोब्बर बनाए । ८४औं मिनेटमा बैकल्पिक खेलाडी विलियम्सले तेस्रो गोल थपे । विलियम्स ७२औँ मिनेटमा फातीको स्थानमा मैदान छिरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)