भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता
Ujyaaloonline.com · Sat Apr 02 01:21:29 GMT 2022
काठमाण्डाै – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीमा हुने भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ ।
हिजो नेपाली राजदूतावासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताउनुभयो । भेटवार्तामा ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन एक सय ३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)