मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाइटेन्सन लाइन स्थानान्तरण गर्न माग

abhiyandaily.com

धरान । बस्ती बीचबाट लगिएको हाइटेन्सन लाइन स्थानान्तरण गर्न धरानका स्थानीयवासीले माग गरेका छन् । धरानका विभिन्न चार वडामा ९०० भन्दा बढी घरपरिवार हाइटेन्सन लाइनबाट प्रभावित छन् । हाइटेन्सन लाइन स्थानान्तरणका लागि आफूहरूले ५ वर्ष अघिदेखि नै आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो उनीहरूको छ ।

घर माथिबाट गएको ३३ केभी प्रसारण लाइनका कारण मानवीय क्षति समेत भएको हाइटेन्सन पीडित पहल समितिका सदस्य रूपेश मास्केले बताए । उनका अनुसार प्रभावित बासिन्दाले २०७४ सालदेखि पहल समिति बनाएर हाइटेन्सन लाइन स्थानान्तरण गर्न दबाब दिइरहे पनि माग पूरा भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)