सिटी घरेलु मैदानमै स्तब्ध, लिभरपुलविरुद्ध ब्राइटनको पुनरागमन
ratopati.com
१० खेलाडीमा सिमित म्यानचेस्टर सिटी आफ्नै घरेलु मैदानमा क्रिस्टर प्यालेससँग पराजित भएको छ । एमेरिक लपोर्टेले रातो कार्ड खाँदा सिटी २–० ले पराजित भएको हो ।
खेलको शुरुवातमा नै सिटी एक गोलले पछि परेको थियो । विल्फ्रेड जाहाले छैटौँ मिनेटमा प्यालेसलाई अग्रता दिलाएका थिए । योसँगै प्यालेसका लागि प्रिमियर लिगमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । लिगमा यो सिजन उनको तेस्रो गोल थियो । पहिलो हाफको इन्जुरी समयमा सिटी १० खेलाडीमा सिमित बनेको थियो । दोस्रो हाफको अन्त्यतिर कोनोर ग्यालगरले गोल गर्दै प्यालेसको जीत सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)