पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
rajdhanidaily.com · Tue Aug 25 05:34:30 GMT 2026

राजधानी समाचारदाता पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको संक्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो। रत्ननगर –९ र १० को नमूनामा रोगको संक्रमण पुष्टि भएको छ।
पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग संक्रमण पुष्टि भएको हो। उनका अनुसार यो रोग लागेका गाई–भैंसीले ¥याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ। कुकुर–बिरालोमा रेविजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)