लगातारको वर्षाले कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा
kendrabindu.com · Sat Jul 11 00:52:04 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् ।
लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन् । सेन्टरमा आश्रित गिर्वाणिका थापाका अनुसार पानी घुँडाभन्दा माथिसम्म आइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्नसमेत पाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)