जेलेन्स्कीले बेलायती विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्ने
baahrakhari.com · Fri Jun 10 18:05:00 GMT 2022
किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले प्रत्यक्ष टेलिभिजन प्रशारण कार्यक्रममार्फत बेलायतका थुप्रै विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार साँझ तय गरिएको यस कार्यक्रमको आयोजना युक्रेनको विद्यार्थी संघ (यूएसयू)ले गरेको हो । जेलेन्स्कीले सम्बोधनको क्रममा रुसी फौजको आक्रमणको चपेटामा परेको आफ्नो मुलुकलाई निरन्तर अन्तर्राष्ट्रिय सहयोग र समर्थनको महत्वमाथि जोड दिने अनुमान गरिएको छ । यस कार्यक्रममा केही विद्यार्थीलाई राष्ट्रपतिसमक्ष आफ्ना प्रश्न राख्ने मौका दिइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)