दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्समा अनौठो शैलीमा दौडिएर ४०० मिटरको उपाधि जित्ने यन्त्रमानवको चर्चा (भिडियो)
clickmandu.com · Tue Aug 25 05:55:01 GMT 2026

एजेन्सी । बेइजिङमा आयोजित दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्समा ‘दुवै हातले आफ्नो अनुहार छोपेको’ जस्तो देखिँदै ४०० मिटरको उपाधि हात पार्ने एक ह्युमनोइड (मानवाकार) रोबोटले दौडको क्रममा उक्त अनौठो मुद्रा आफैं विकास गरेको यसका विकासकर्ताहरूले बताएका छन् । उक्त दौडका भिडियो क्लिपहरूले इन्टरनेटमा व्यापक चर्चा पाएपछि उनीहरूले यस्तो जानकारी दिएका हुन् ।
बेइजिङस्थित एक्स–ह्युमनोइड कम्पनीले निर्माण गरेको टेन कुङ ओम्नीले आइतबार ४०० मिटर दौडको सानो समूहको फाइनल प्रतिस्पर्धा ४५.६६ सेकेन्डमा जितेको थियो । मानिस धावकले जस्तै हात अगाडि र पछाडि हल्लाउनुको सट्टा उक्त रोबोट आफ्नो गुरुत्वाकर्षण केन्द्रलाई अगाडितर्फ झुकाएर र हातहरू अनुहार नजिकै माथि उठाएर दौडिएको थियो । उसको कम्मर दायाँ–बायाँ घुम्दा हातहरू पनि चौडा रूपमा हल्लिरहेका थिए जसलाई दर्शकहरूले ‘आफ्नो हात पछाडि लुकेको लजालु व्यक्ति’ को हिँडाइसँग तुलना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)