मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीर्ण बन्यो सोलार लिफ्ट सिँचाइ योजना

gorkhapatraonline.com · Tue Aug 25 06:03:21 GMT 2026

डडेलधुरा, भदौ ९ गते । परशुराम नगरपालिका–१२, आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएको केही वर्षमै जीर्ण बनेको छ । डडेलधुराको भित्री मधेशस्थित लोपोन्मुख राउटे बस्तीमा कृषि उत्पादन बढाउन तथा सिँचाइ सुविधा पु‍-याउने उद्देश्यले निर्माण गरिएको जिल्लाकै ठुलो सोलार लिफ्ट सिँचाइ योजना प्रयोगविहीन अवस्थामा पुगेको हो ।

रङ्गुुन नदीबाट सोलार प्रविधिमार्फत पानी तानेर बस्तीआसपासको ४५ बिघा खेतीयोग्य जमिनमा सिँचाइ गर्ने उद्देश्यले करिब पाँच वर्षअघि प्रदेश सरकारको करिब ६५ लाख रुपियाँ लगानीमा योजना निर्माण गरिएको थियो । योजना निर्माण पूरा भएपछि राउटेले खेतबारीमा अन्नबाली तथा तरकारी खेती गर्न सिँचाइ सुविधा पाउने

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)