कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा वाग्मती पस्यो, ५४ जनाको उद्धार
onlinekhabar.com · Sat Jul 11 01:24:23 GMT 2026

२७ असार, काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ।
डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति नै उद्धार गरी ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।