प्रभावहीन टेलिमेडिसिन सेवा : न पर्याप्त बजेट, न त चुस्त सेवा
ratopati.com · Tue Aug 25 06:15:00 GMT 2026

काठमाडौँ । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा टेलिमेडिसिन सेवा उल्लेख भए पनि सेवाका लागि विशेषज्ञ जनशक्ति पर्याप्त नहुँदा र इन्टरनेट प्रविधिको सुस्त गतिका कारण यो सेवा प्रभावकारी बन्न सकेको छैन । अधिकांश विशेषज्ञ चिकित्सकहरू व्यस्त रहने, छुट्टै कर्मचारी, अभिलेख प्रणाली व्यवस्थापनमा सरकार गम्भीर नहुँदा टेलिमेडिसिन सेवाको प्रभावकारितामाथि नै प्रश्न उठेको हो ।
विशेषज्ञ चिकित्सकहरूले दुरदराजका बिरामीका लागि टेलिफोन वा भर्चुअल माध्यमबाट पर्याप्त समय छुट्ट्याउन नसक्दा टेलिमेडिसिन सेवा सहज र सरल हुन नसकेको हो । फितलो इन्टरनेट कनेक्टिभिटीका कारण समयमै परामर्श र रिपोर्ट आदानप्रदान हुन नसक्दा टेलिमेडिसिनको वास्तविक लाभ सेवाग्राहीले पाउन सकेका छैनन् । यस्तै, सहर–बजारमा पनि बिरामीले सहज र सरल तरिकाले टेलिमेडिसिन सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)