मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उफ ! ‘माछो माछो भ्यागुतो’ भो

rajdhanidaily.com · Wed May 12 23:13:55 GMT 2021

अहिले नेतृत्वमा रहेका राजनीतिक दल र नेतागणका लागि लोकतन्त्र बाँदरको हातमा नरिवलजस्तो भएको छ । दलका शीर्ष भनिने नेतागण देशका विकास र सुशासनको तगारो बनिरहेका छन् । राजनीतिको नेतृत्वमा पुगेर देशलाई दोहन गरिरहेका छन् । सत्ता र भत्ता टिकाउन अनेक प्रकारका अस्वाभाविक काम गरिरहेका छन् । कोही कार्यकर्ता भएर नेताको हनुमान दास भएका छन् । आप्mना दलका नेताले देश र नागरिकका हितविपरीत गरिने काममा ताली बजाइरहेका छन् । देशको राजनीति अत्यन्त कमजोर र अनैतिक स्तरमा झरेकाले देशका अन्य क्षेत्र पनि कमजोर भएका छन् । हरेक क्षेत्रमा व्यक्ति एवं व्यक्तित्वले आप्mनो ठाउँबाट इमानदार भएर काम गर्न सकेको अवस्था छैन । शिक्षा, स्वास्थ्य, प्रशासन, उद्योग, व्यापार, निर्माण व्यवसायलगायतका क्षेत्रमा तमाम समस्या छन् । अनियमिता छन् ।

प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएर पनि देश र जनताका लागि काम गर्ने राज नेता भएन । असल चरित्रका राजनीतिक दल भएनन् । फलतः जतिसुकै परिवर्तन भए पनि संसदीय प्रणालीको चरम दुरुपयोग भयो । अनेक राजनीतिक उतारचढाव र जनआन्दोलनले गरेको राजनीतिक परिवर्तनबाट निर्माण भएको नेपालको संविधान २०७२ पश्चात् जननिर्वाचित सरकारले पनि राम्रो काम गर्न सकेन । जनताका लागि विकास, समृद्धि र सुशासनको आशा ‘माछो माछो भ्यागुतो’ भएको छ । मुलुक घुम्दै फिर्दै फेरि रुम्जाटार भनेझैं राजनीतिक अस्थिरताको भुमरीमा धकेलिँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)