मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

rajdhanidaily.com · Wed Jun 10 07:32:17 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् ।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान ९बजेट० का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दर’bout सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे ।

मन्त्री डा वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गरे । प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गराइएको उनको भनाइ थियो ।

“देखिएका त्रुटि सच्च्याएर सार्वभौम सांसदको हातमा विधेयक पारेपछि कुनै परिवर्तन गरिएको छैन । प्रतिनिधिसभा अवरोध गरेर बजेट र म’bout सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो”, अर्थमन्त्री डा वाग्लेले भने, “सुशासनका लागि निर्मम रूपमा अघि बढेको सरकारविरुद्ध यस्ता हिलो छ्यापेर छवि धुमिल्याउन सकिन्छ भनेर गरिएका प्रहारको भ्रममा सांसदहरू पर्नु हुँदैन ।”

बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी बजेट आएको बताउँदै मन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको जनाए ।

समितिका सदस्य नरेन्द्रकुमार केरूङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताए ।

सम्बन्धित समाचार

आयोग प्रतिवेदन: भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री ओली

प्रधानमन्त्री जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको कांग्रेसको निष्कर्ष

राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल

सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट (पूर्णपाठसहित)

बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने

रास्वपा सभापति रवि र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता

कोसी प्रदेश सभामा नाराबाजी

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)